सानिमा बैंकले कृषि क्षेत्रमा धेरै कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 05:36:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  र यु.के.एड—सक्षमबीच कृषि कर्जा प्रबद्र्धन  सम्बन्धि सम्झौता भएको छ  । सम्झौतामा  बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार दुवै पक्षले  कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यकीय संरचना स्थापना गर्ने, आवश्यक अध्ययन गर्ने र यस संग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने छन् । यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्ने साधन सक्षम संगको सहकार्यमा परिचालन गरिने सम्झौतामा उल्लेख छ ।

यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको बैंकले जनाएको छ ।  यो कार्यक्रम नेपाल सरकार र यु.के. सरकारको सम्झौता अनुरुप यु.के. एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved