छुट्याइँदै बैंकर र व्यवसायी, कुन बैंकमा कुन व्यवसायीक घरानाको दबदबा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 11:58:15 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषदले स्वीकृत गरिसकेको 'बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन' लाई संसोधन गर्न बनेको बिधेयकमा बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव बैंकिंङ क्षेत्रमा चर्चाको बिषय बनेको छ। 

केहि बैंकमा नेपालका ठुला व्यवसायिक घरानाकै व्यक्ति अध्यक्ष र संचालक सदस्य रहेको त्यसबाट बैंकको काम प्रभावित भएको निष्कर्ष निकाल्दै सरकारले बाफिया संसोधन गरि बैंकबाट व्यवसायीलाई हटाउन लागेको हो।

पछिल्लो समय व्यवसायीहरु बैंक संचालनको बिषयमा दोहोरो चरित्र देखाउन थालेपछि सरकारले व्यवसायीलाई नै बैंकबाट हटाउन लागेको नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारिले बिजपाटीलाई बताए। उनकाअनुसार धेरै व्यवसायीले बैंकको चुक्तापुंजीको १ प्रतिशत भन्दा बढी ऋण लिएको र अर्को तर्फ ब्याजको दर महँगो भयो भनेर तिनै व्यवसायीले आन्दोलन पनि गर्ने गरेकाले दोहोरो चरित्र रोक्नका लागि नै बाफिया संसोधन गर्नुपरेको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीबी नेपालले समेत नेपालका बैंक वित्तीय संस्थाले परिचालन गरेको कुल पुंजीको ८ प्रतिशतमात्रै संचालकको भएको बताउदै बैंक सर्वसाधारणको भएकोले आफु खुसि बैंक संचालन नगर्न संचालकलाई चेतावनी दिएका थिए। यद्दपी नेपालमा ९२ प्रतिशत पुंजी सर्वसाधारणको रहेपनि केहि व्यवसायीले आफ्नै ढुकुटी झैं गरि बैंक चलाउने गरेकाले नेपाल सरकारले अन्तराष्ट्रिय मुल्य मान्यता र मापदण्ड अनुसारनै बैंकबाट व्यवसायी हटाउने काममा लागि परेको देखिन्छ। 

कुन बैंकका कुन व्यवसायी ?

नेपालका ठुला र स्थापित बैंकको मुख्य लगानीकर्ता ठुला व्यवसायिक घरानाहरु रहेका छन। नीजि क्षेत्रको सबैभन्दा बलियो बैंक नविलमा अर्वपति व्यवसायीक घराना चौधरी समुहको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता छ। त्यस्तै एनआएशि एशिया बैंकमा विशाल समुह र सांघाई लगायत मारवाडी  समुदायको लगानी छ। 

यस्तै मारवाडी समुदायकै वर्चस्व रहेको एनएमबी बैंकमा व्यवसायी गोल्यान घरानाको लगानी छ भने सनराइज बैंकमा दुगड र हाइड्रो व्यवसायी  शैलेन्द्र गुरागाई लगायत अन्य मारवाडी समुदायको लागानी छ।त्यस्तै लक्ष्मी बैंकमा नेपालको पुरानो ब्यवसायिक घराना खेतान समुह, सिद्धार्थ बैंकमा मारवाडी समुदायकै केडिया समूहको लगानी देखिन्छ।    

यता रेमिट्यान्स व्यवसायबाट नेपालमा उदाउँदो व्यवसायी बन्न पुगेका चन्द्र ढकालको ग्लोबल आइएमईमा लगानी रहेको छ भने हिमालयन बैंकमा पाण्डे, राणा र खेतान समुहको वर्चस्व रहेको छ । त्यस्तै छायाँ लगानी मार्फत पृथ्वी बहादुर पाण्डे लगायतका व्यवसायीको लगानी रहेको नेपाल इन्भेष्मेन्ट बैंकलाई कर्पोट व्यवसायिहरुको बैंक भनेर समेत चिनिने गरिन्छ।

त्यस्तै प्रभु बैंकमा प्रभु समुहको नै वर्चस्व देखिन्छ। सिभिल बैंकमा इच्चाराज तमाङको साथै नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष प्रदिपजंग पाण्डेको पनि लगानी रहेको बताइन्छ । सिटिजन्स बैंकमा पनि पाण्डेको लगानी छ । यस्तै कुमारी बैंकमा नेपालको प्रतिष्टित जुता चप्पल उद्योग गोडस्टारका मालिक अमिर प्रताप राणाको लगानी छ भने बैंकका अध्यक्ष पनि राणा नै हुन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved