विद्यालय खाजा अभियानलाई सानिमा बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 04:55:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले पोखराको विद्यालयलाई आर्थिक सहयोग गरेको छ  । बैंकको पोखरा स्थित अमरसिंह शाखाले कालिका माध्यमिक विद्यालयलाई 'खाजा अभियान' को लागि  ६ लाख रुपैया आर्थिक सहयोग गरेको हो ।  उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकहरुलाई खाजा खुवाउदै आइरहेको छ ।

बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले विद्यालयका प्रधानाध्यापक  बलराम गिरीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।  

सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ७ बर्ष देखि उपत्यका बाहिरका शाखाहरुबाट हरेक बर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved