पुर्व सीईओलाई जमानत नदिएकोमा बहालवाला सीईओको असन्तुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 10:59:44 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ कसुरको अभियोगमा बैंक अफ काडमाण्डुका पुर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय श्रेष्ठसहित पुर्व र बहालवाल ६ जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले  उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो । 

झापाकै एक (सुरेन्द्र श्रेष्ठ) नाम गरेका व्यक्तिले सन् २०१५ मा लिएको ५ करोड कर्जाको सावाँ र ब्याज नतिरेको र उक्त कर्जाको धितो राखेको जग्गा पनि नक्कली भएको जानकारी भएपछि बैंकले जालसाँझि भएको भन्दै श्रेष्ठ विरुद्ध उजुरी दिएको थियो । 

बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत सोहनदेव पन्तका अनुसार उजुरीको आधारमा प्रहरीले छानविन गरिरहेको र छानविनकै लागि सिआइबीले बैंकका बहालवाला र पुर्व कर्मचारी सहीत पुर्व सिइओलाई पनि पक्राउ गरेको हो । शुक्रबार बहालवाला ३ र पूर्व ३ गरी ६ जना कर्मचारीलाई नियन्त्रणमा लिईएको सिआइबीका एसपी दिपक रेग्मीले बिजपाटीलाई जानकारी दिएका छन। 

घटना क्रमः 

सुरेन्द्र श्रेष्ठको नाममा बैंकले कर्जा दिएको भएपनि अन्य को को संलग्न छन भनेर छानविन गर्दै जाँदा बैंकका कर्मचारीको पनि संलग्नता देखिएको र सोही आधारमा उनीरुलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

जमानत नदिएकोमा असन्तुष्टि

पुर्व सीईओ श्रेष्ठको पक्राउप्रति बहालवाला सीईओ सोहनदेव पन्तले असन्तुष्टि जनाएका छन। जमानतमा छाड्न आग्रह गर्दा थुनामै राखेर अनुसन्धान थाल्नु दुखद भएको सीईओ पन्तले बिजपाटीसंगको कुराकानीमा बताएका छन। सीईओको हस्ताक्षर बीना कुनै काम नहुने भए पनि यसरि पक्राउ पर्नु भनेको दुखद भएको उनले बताए।  

'सीईओको हस्ताक्षर बीना कुनै काम हुदैन तर यसैको भरमा प्रमुख कार्यकारी अधिकृत नै पक्राउ पर्नु भनेको डरलाग्दो अवस्था भयो’ बैंकका सिइओ पन्तले भने, ‘भोलि यो अवस्था २८ वटै वाणिज्य बैंकमा नआउला भन्न सकिदैन ।’ 

सञ्चालक समितिले र व्यवस्थापन समूहले पुर्व सिइओ र कर्मचारिको जिम्मा लिएर बाहीरबाटै अनुसन्धान गर्नलाई गरिएको अनुरोध समेत प्रहरीले नमानेकोमा आफूहरु अचम्मित भएको उनले बताए।

अनुसन्धानको अधिकार प्रहरी प्रशासनको भएको तर वित्तीय क्षेत्रमा इज्जत भएको सालिन व्यक्तिलाई बैंकले जमानतमा छोड्न आग्रह गर्दा थुनामा राख्नुपर्ने औचित्य आफुहरुले नबुझेको पन्तको भनाई छ । उनले घटनालाई दुखद भन्दै सरोकारवाला सबैले यो विषय टुंगो लगाउन भूमिका खेल्नुपर्ने बताए ।

यसअघि:

-बैंक अफ काठमाण्डूका पूर्वसीइओ सहित बहालवाला ५ कर्मचारी पक्राउ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved