सनराइज बैंक Sunrise Bank Limited ले १२ औं वार्षिक उत्सवको अवसरमा विभिन्न स्थानमा बृक्षारोपण गरेको छ । “Plant a tree, Save life- हामी संग संगै” भन्ने नाराको साथ बैंकले विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।
बैंकका अध्यक्ष मोतीलाल दुगडसहित संचालक समितिका सदस्य ई. बच्छराज तातेड लगायतले कार्यक्रमको सुरुवात गरेका थिए । बैंकले बिराटचोक, जनकपुर, सुन्दरबजार, मणिग्राम, सानीभेरी र डडेलधुरा शाखाबाट पनि बृक्षारोपण कार्यक्रम गरेको थियो । बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।