कृषि विकास बैंकमा ह्याक नभई बदमासी , यसरि चोरियो २ करोड

विजय पराजुली

विजय पराजुली

Sep 25, 2019 | 08:42:17 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ एटिएम ह्याक प्रकरण सेलाउन नपाउंदै नेपालको बैंकिंङ क्षेत्रमा फेरी अर्को  घटना सार्वजनिक भएको छ। चिनियाँ एटिएम ह्याक प्रकरणमा दर्जन बढी बैंकबाट करिब ४ करोड निकालिएपनि यस पटक भने कृषि विकास बैंकबाट २ करोड निकालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले कृषि बिकास बैंकमा भएको घटनालाई 'ह्याक' भन्न नमिल्ने बताएका छन। बैंकको कम्प्युटर मार्फत कुनै कर्मचारीको युजर नेम र पासवर्डको अनाधिकृत प्रयोग गरि ब्यालेन्स सीटबाट नै नयाँ खातामा पठाएर पैसा निकालिएको प्रवक्ता निरौलाले बिजपाटीलाई बताए। 'कृषि विकास बैंकको घटना ह्याक होइन, फ्रड (बदमासी) हो' उनले भने। 

बिगत भन्दा फरक तरिका अपनाएर रकम निकालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 'विशुद्ध नयाँ शैलीको अपराध हो, यस विषयमा अनुसन्धान भइरहेको छ' प्रवक्ता निरौलाले भने। 

यसरि भयो चोरी 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैंकको ब्यालेन्स सिट नै तलमाथि गरेर पैसा निकालिएको छ। कृषि विकास बैंकको सिरहाको लहान र धनगढी शाखा कार्यालयहरुबाट रकम ट्रान्सफर गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ट्रान्सफर गरिएको रकम केही व्यक्तिको खातामा समेत हालिएको छ। ‘यहाँ ब्यालेन्स सीट चलाइएको छ, ट्रान्सफर गरिएको रकम ३/४ जना व्यक्तिको खातामा हालिएको देखिएको छ' कार्यकारी निर्देशक मिश्रले भने।  

केहि व्यक्ति पक्राउ परेपनि ति बैंकका कर्मचारी हुन या बाहिरका हुन भनेर अहिले यकिन भईनसकेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए। 

पौडेलकाअनुसार निक्षेपकर्ताको खाताबाट नभई ब्यालेन्स सिटको दुरुपयोग गरि पैसा निकालिएको हो। धनगढी शाखाको ब्यालेन्स सिट समेत प्रयोग गरि लहान शाखाबाटै पैसा निकालिएको उनले बताए। अहिले निकालिएको पैसा निक्षेपकर्ताको नभई बैंकको नै भएको उनले बताए। 'ब्यालेन्स सिटको दुरुपयोग गरि ७ वटा खातामा पैसा पठाएको देखिएको छ, यी मध्ये नयाँ पुराना दुवै खाता छन' पौडेलले भने। पौडेलले पनि बैंकबाट करिब २ करोड निकालिएको पुष्टि गरे।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved