मर्जरको 'प्याकेज' लाई लिएर ओमका कर्मचारीमा तिब्र असन्तुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 04:51:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited संग मर्जरको क्रममा रहेको ओम डेभलपमेन्ट बैंकबाट भीआरएस लिएर बाहिरिने कर्मचारीले एकै प्रकारको अवकास प्याकेज नपाउने भएका छन। मर्जर प्रकृयामा असन्तुष्टि जनाउदै ओमबाट अवकास लिएर बाहिरिने कर्मचारीको संख्या बढेसंगै संयुक्त मर्जर कमिटिले भिआरएस प्याकेजमा परिवर्तन गरेको पाइएको छ।   

बैंकले सुरुमा भिआरएस लिने कर्मचारीलाई १८ महीनाको तलब बराबारको प्याकेज दिने बताएपनि अहिले त्यस्तो नभएको ओमका एक असन्तुष्ट कर्मचारीले बिजपाटीलाई बताएका छन। एकिकृत कारोबार सुरु हुनु भन्दा केही दिन अगाडी आएर भिआरएस लिने सबैललाई १८ महीना बराबरको  प्याकेज दिन नसक्ने सुचना जानकारी गराएको ति कर्मचारीले बताए। 

'सुरुमा १८ महीनाको तलब बराबर प्याकेज दिने भन्ने थियो तर अहीले ५ वर्ष भन्दा माथि काम गरेका कर्मचारीले १८ महीना बराबरकै प्याकेज पाउने भएका छन' उनले भने 'तर २ देखि ५ वर्ष काम गरेको कर्मचारिले एक वर्ष बराबरको प्योकज र २ वर्ष भन्दा कम काम गरेका कर्मचारीले भिआरएस लिएर बाहीरिएमा रित्तो हात जानुपर्ने अवस्था आएको छ'। 

अन्तराष्ट्रिय अभ्यासअनुसार पनि भिआरएस लिने सबै कर्मचारीलाई समान सुविधा हुने भएपनि बैंकले आफ्ना कर्मचारिलाई अन्याय गरेको ति कर्मचारिको भनाई छ। तर बैंकका डेपुटी सिइओ तथा कम्पनी सचिव बुद्धि मल्ल भने बैंकले कुनै पनि अन्याय नगरेको दाबि गरेका छन।

संयुक्त मर्जर कमिटीमा छलफल हुँदा कहीं नचलेको प्रचलन हुने र राष्ट्र बैंकले पनि यसमा प्रश्न गर्न सक्ने भएकाले २ वर्ष पनि काम नगरेको कर्मचारिलाई समेत भिआरएस नदिएको उनले बताए।

भीआरएसका लागि राजीनामा दिएका कर्मचारीहरुको राजीनामा स्वीकृत भईनसकेकोले मर्जर पछि पनि बैंकले काममा राख्न सक्ने मल्लले बताएका छन। मर्जर पछि बन्ने एनएमबि बैंकमा हाल ओम डेभलमेन्ट बैंकमा कार्यरत कर्मचारिको पदमा घटुवा भएपनि सेवासुविधा भने साविकको भन्दा कम नहुने र अझै थप बढी हुने उनको दाबि छ।

यता ओमको संचालक समितिले प्रस्ताव गरेको भन्दा फरक तरिकाले संयुक्त मर्जर कमिटिले अवकाश लिने कर्मचारीको सेवा सुविधा परिमार्जन गरेको बैंक स्रोतले जनाएको छ। यसले गर्दा ओम डेभलपमेन्ट बैंकका कर्मचारीमा ब्यापक असन्तुष्टि बढेको पाइएको छ। 

बिगतमा प्राइम बैंकसंग मर्ज बिग्रेकाले अहिले अवकास लिने कर्मचारीले पाउने प्याकेजमा विवाद नगर्ने मनास्तिथिमा संचालक रहेकाले अवकास लिन चाहने तर दुई बर्ष भन्दा कम सेवा गरेका कर्मचारीलाई प्याकेज सुविधा दिने बिषयमा जोड नगरिएको बताइएको छ। यद्दपी अवकास रोजेका २ बर्ष भन्दा कम काम गरेकालाई केहि न केहि सुविधा दिनुपर्ने बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved