कर्पोरेट ब्याडमिन्टनको दुबै उपाधि कामना सेवालाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 08:39:02 AM मा प्रकाशित

laxmi  sunrise bank

 ‘अन्नपूर्ण पोष्ट कार्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट ’ को दुवै उपाधि कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले जितेको छ । बैंकले एकल र संयुक्त दुवैतर्फ जित हासिल गरेको हो ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित उक्त प्रतियोगितामा एकल तर्फ बैंकका दीप शाखाका शाखा  प्रमुख विशाल खड्का र संयुक्त तर्फ  विशाल खड्का एवं विश्वास नेपालले जित हासिल गरेका हुन् । प्रतियोगिताका हाल सम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१–१२ र २१–१३ को सजिलो सेटमा पराजित गरेका हुन् । 

प्रतियोगिता असोज ६ देखि १२ सम्म सञ्चालन भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved