कृषि विकास बैंकको ५ करोड चोरी प्रकरणमा व्यवसायी समातिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 12:45:07 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकबाट ५ करोड चोरीएको घटनामा संलग्नताको आशंकामा एक व्यवसायी पक्राउ परेका छन। स्याङ्जा, वालिङका रामकृष्ण भुसाल भन्ने व्यवसायी पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ। 

कृषि विकास बैंकको लहान शाखाको कम्युटर र त्यहाँका कर्मचारीको युजर नेम र पासवर्ड अनाधिकृत रुपमा प्रयोग गरि ट्रान्सफर भएको ५ करोड रकम मध्येबाट व्यवसायी भुसालको खातामा ६५ लाख रुपैयाँ पठाईएको भेटिएकाले उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। 

भुसाललाई स्यांग्जामा नै पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी केदार ढकालले बिजपाटीलाई बताएका छन। ढकालकाअनुसार व्यवसायी भुसाल प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोपाइटर हुन्। काठमाडौं ल्याइसकेपछि उनीसँग विस्तृत बयान लिईने उनले बताए। प्रहरीले व्यवसायी भुसाललाई भारतको मुम्बईमा बसेर नेपालमा ह्याकिंङ र्याकेट चलाउने काले भनेर चिनिने पिटर नाम गरेको मुख्य योजनाकारको नेपाली एजेन्ट भएको आशंका गरेको छ।    

कृषि विकास बैंकको लहान शाखाको ब्यालेन्स सिट ह्याक गरेर अनाधिकृत रुपमा ४ करोड ७३ लाख रुपैयाँ ट्रान्सफर गरिएको घटनामा १२ जनालाई पक्राउ गरि बुधबारनै सार्वजनिक गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved