बैंक बित्तिय संस्थाहरुले एटिएम बुथबाहिर २४ सै घण्टा सुरक्षा गार्ड राख्नु पर्ने भएको छ। एटिएम चोरी तथा ह्याक प्रकरणबढेसंगै नेपाल राष्ट्र बैकले बैंक वित्तीय संस्थालाई यस्तो व्यवस्था गर्नलाई निर्देशन दिएको हो।
'बैंक तथा वित्तीय संस्थाबाट संचालित सम्पूर्ण एटिएम बुथहरुमा २४सै घन्टा अनिवार्य रुपमा सुरक्षा गार्डको व्यवस्था गरी बुथको विशेष निगरानी गर्नुपर्नेछ' राष्ट्र बैकको निर्देशनमा उल्लेख छ। एटिएम बुथमा २४ सै घण्टा सुरक्षा गार्डको व्यवस्था गर्नुपर्ने भएसंगै बैंक वित्तीय संस्थाको लागत बढ्ने देखिन्छ।
त्यस्तै एटिएम बुथमा कुनै व्यक्ति वा संस्थाबाट संकास्पद गतिविधि भएमा सम्बन्धित संस्थाले कुनै व्यक्ति वा संस्थाबाट संकास्पद गतिविधि भए बैंक तथा वित्त संस्थाले सुचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समुह गठन गरि कार्यान्वयनमा ल्याउनलाई समेत राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंक वित्तीय संस्थाले आकष्मिक सहायता समुह गठन गरेकोबारे जानकारी राष्ट्र बैंकलाई दिनु पर्नेछ।
कुनै पनि किसिमको साईबर आक्रमण, शंकास्पद गतिविधि वा अनधिकृत पहुँच भएमा त्यसको समेत यथासक्य चाँडो त्यसको सुचना सम्बन्धित बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई दिनुपर्ने निर्देशनमा उल्लेख छ।