माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 08:55:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited को शेयर मूल्य समायोजन भएको छ ।  ५ प्रतिशत बोनसमा कम्पनीको मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको मूल्य २३१ रुपैयाँ तोकिएको छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज आसोज १० गते देखि बुक क्लोज गर्ने निर्णय गरेको छ।  ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 

बैंकले असोज २४ गते शुक्रबारको लागि सभा आह्वान गरेको हो । बैंकको सभा पोखराको होटेल पोखरा ग्राण्डमा हुने छ । 

सभामा लाभांश प्रस्ताव पारित गर्ने, वित्तीय विवरण तथा प्रतिवेदन पारित गर्ने, मर्जरको लागि संचालक समितिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्ताव पारित हुने छ  । बैंकको भदौ ११ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको छ। बैंकले १६ प्रतिशत लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो। उक्त प्रस्ताब सभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 



बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको  चुक्ता पूँजी ८ अर्ब ५ करोड तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ संचित छ ।   

बैंकले हाल १३६ वटा शाखाहरु, १५७ वटा एटीएमहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट आफ्ना ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गरिरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved