बैंक अफ काठमान्डुका पुर्व सीइओ श्रेष्ठलाई थुनामा राख्न आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 06:09:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डुका पुर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् । उच्च अदालत पाटनले उनीहरुलाई कर्जा अपचलन मुद्दामा  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलासले श्रेष्ठसहित बैंकका कर्मचारी किरण कुमार बोहरा र ऋणी सुरेन्द्र श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको हो। इजलाशले अन्य १३ प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

सरकारी वकिलको कार्यालयले ६ करोड ६४ लाख ५७ हजार बिगो कायम गरी उनीहरु बिरुद्द मुद्दा दायर गरिएको थियो। 

सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट जग्गाको नक्कली धनीपूर्जा राखेर ऋणीले ५ करोड रुपैयाँ ऋण लिएका थिए। पछि ऋणको सावाँ र ब्याज नतिरेपछि अनुसन्धानको क्रममा मिलोमतोको तथ्य खुलेको हो। तथ्य फेला परेपछि बैंकले ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएको थियो। तर अनुसन्धान गर्दै जाँदा यो प्रकरण पुर्व सीईओ श्रेष्ठसम्म पुगेको हो।

अजय श्रेष्ठ बैंक अफ काठमाण्डूबाट ०७४ असार मसान्तदेखी बाहिरिएका हुन्। बिओंकेमा करिब दुई कार्यकाल काम गरेका श्रेष्ठले त्यसअघि २ बर्ष एनएमबि बैंकमा काम गरेका थिए। करिब ३२ बर्ष बैंकिंङ अनभव भएका श्रेष्ठले १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेका थिए। उनलाई बैंकिंङ क्षेत्रमा इमान्दार बैंकरको रुपमा चिनिन्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved