नेपाल लघुवित्त बैकर्स संघको साधारणसभामा थुनामा रहेका बैंक अफ काठमान्डूका पुर्व सीईओ अजय श्रेष्ठको चर्चा भएको छ। नेपाल बंगलादेश बैंकका सीईओ समेत रहेका नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले लघुवित्तको साधारणसभामा सम्बोधन गर्दै अजय श्रेष्ठ थुनामा परेको घटनाले सीईओहरुलाई काम गर्न गार्ह्यो भएको बताएका छन।
'जग्गा नै नदेखेको सीईओ थुनामा छ, अरु बाहिर छन' ढुंगानाले भने, 'यो वित्तीय क्षेत्रकै लागि दुखद घटना हो, यसले बैंक वित्तीय संस्थाका सीईओहरुलाई काम गर्न गाह्रो बनाएको छ।'
बैंकिंङ कसुर ऐन मा नै समस्या भए त्यसमा समाधान खोज्नुपर्ने भन्दै ढुंगानाले अर्थतन्त्रको मेरुदण्ड मानिने बैंक वित्तीय संस्थामा काम गर्ने सीईओहरुमा निराशा आउन नहुने बताएका छन।
पछिल्लो समय बैंकिंङ वृत्तमा जल्दोबल्दो घटनाहरु घटिरहेकाले नेपाल राष्ट्र बैंकले पनि नयाँ नयाँ नियम र निर्देशन जारि गरेको बताउदै ढुंगानाले यस मध्ये व्यहारिक र अव्यहारिक कुराहरु छुट्याउनुपर्ने ढुंगानाले बताए।
लघुवित्त मार्फत नै कृषि कर्जा
त्यस्तै बैंकहरुको छाता संगठनका अध्यक्ष एनबिएका अध्यक्ष ढुंगानाले बैंकहरुले लघुवित्त मार्फत नै कृषि कर्जा प्रवाहमा जोड दिंदै आएको बताए। लघुवित मार्फत कृषि कर्जा प्रवाह गर्दा मात्र वास्ताविक कृषकले कृषि कर्जा पाउने भन्दै ढुंगानाले लघुवित्त मार्फत नै कृषि कर्जा प्रवाह गर्नुपर्ने कानुनी व्यवस्था हुनुपर्ने बताए।