माछापुछ्रेका ग्राहकलाई छुटैछुट, भाटभटेनीमा कार्ड घोट्दा ४ हजारसम्म फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 12:36:57 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले चाडबाड लक्षित बिशेष योजना ल्याएको छ। यस योजनाअनुसार देशभरका भाटभाटेनी सुपर मार्केटबाट किनमेल गर्दा बैंकको कार्ड घोट्नेलाई १० प्रतिशतसम्म नगद फिर्ता 'क्यास ब्याक' पाउने छन। 

बैंकका नयाँ वा पुराना जुनै ग्राहकले पनि बैंकको कार्ड घोटेर लुगा जुत्ता किन्दा १० प्रतिशत र घरायसी सामानको खरिदमा ५ प्रतिशतसम्म नगद फिर्ता पाउनेछन। यद्दपी एउटा व्यक्तिले जति किनमेल गरेपनि बढीमा चार हजार वा न्युनतम १० प्रतिशत नगद फिर्ता पाउनेछन। 

बैंकले यहि योजना अन्तर्गत ग्राहकलाई लकर सुविधामा ५० प्रतिशत छुट समेत दिएको छ। त्यस्तै बैंकले क्रेडिट कार्ड लिने ग्राहकलाई कार्ड जारी शुल्कमा छुटको व्यवस्था समेत गरेको छ। तर क्रेडिट कार्ड लिंदा छुट पाउनलाई ग्राहकले ५ वा ५ भन्दा बढी समुह बनाउनुपर्ने छ।   

त्यस्तै आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्क, बैंकको डलर कार्ड जारी शुल्क र गुड फर पेमेन्टजस्तो सुविधामा ५० प्रतिशत छुट प्रदान गरिएको छ। 

काठमाण्डौको अनामनगर, बालुवाटार, कोटेश्वर लगायतका भाटभटेनीमा बैंकको यस योजनामा सहभागी भएर किनमेल गर्नेको बाक्लो भिड देखिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved