बैंकर अजय श्रेष्ठको दशैं तिहार थुनामै, घटनामा मर्जर इफेक्टको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 03:07:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डु Bank of Kathmandu Limited का पुर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको दशैं तिहार थुनामै हुने भएको छ। उच्च अदालत पाटनले कर्जा अपचलन मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसंगै उनको यस पटकको दशैं तिहार थुनामै हुने निश्चित भएको हो। 

घटस्थापनाको दिन देखि नै अदालतमा सार्वजनिक विदा भईसकेकाले सर्वोच्च पुगेर धरौटीमा रिहाईको अपिल गर्नलाई समेत समय नभएकाले श्रेष्ठले दशैं थुनामै विताउनुपर्ने भएको छ। 

त्यस्तै दशैं विदा सकिए लगत्तै धरौटीमा रिहाईको लागि सर्वोच्च अदालत जानलाई बाटो खुला भएपनि दर्ता भएर पेशी चढाएर आदेश पाउनलाई फास्ट ट्रयाकमा जाँदा समेत डेढ महिना भन्दा बढी समय लाग्ने भएकाले श्रेष्ठको दशैं मात्रै नभई तिहार पनि थुनामै बित्ने देखिएको छ। 

निर्णयमा नै खोट !

सामान्यतया नेपालमा मात्रै नभई बिश्वभर फिस्कल सम्बन्धी मुद्दामा पुर्पक्षमा थुनामा राखेर अनुसन्धान गर्ने अभ्यास नभएको पाइन्छ। सामान्यतया यस्तो मुद्दामा आरोपितलाई धरौटीमा रिहा हुने अवसर मिल्छ। तर अजय श्रेष्ठको सन्दर्भ विपरित निर्णय भएको एक वकिलले बताएका छन। अजय श्रेष्ठको सम्बन्धमा पनि यो धरौटी खोल्ने मुद्दा भएको ति वकिलको दाबि छ। 

यसअघि चुणामणि शर्मालाई समेत बिशेष अदालतले ४ अर्ब धरौटी मागेको थियो। तर धरौटी बढी भयो भनेर अदालत पुगेपछि सर्वोच्चले धरौटी घटाएको थियो। तर अजय श्रेष्ठलाई धरौटीमा रिहाईको विकल्प नै बन्द गरेर थुनामानै राख्नु शंकास्पद खेल भएको आशंका गरिएको छ।

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलासले श्रेष्ठसहित बैंकका कर्मचारी किरण कुमार बोहरा र ऋणी सुरेन्द्र श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको हो। इजलाशले अन्य १३ प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सरकारी वकिलको कार्यालयले ६ करोड ६४ लाख ५७ हजार बिगो कायम गरी उनीहरु बिरुद्द मुद्दा दायर गरिएको थियो।  

मर्जर इफेक्टको आशंका 

त्यसो त अजय श्रेष्ठको अहिलेको घटनालाई तत्कालिन बैंक अफ काठमान्डू र लुम्बिनी बैंकबीचको मर्जर इफेक्ट समेत भनिएको छ। बैंकिंङ वृत्तमा   अजय श्रेष्ठ पक्राउ पर्नुलाई हाल बैकं अफ काठमान्डूका सीईओ र अध्यक्षको बनिबनाउ खेल समेत भनेर चर्चा चल्न थालेको छ। पूर्व बैंक अफ काठमान्डूका कर्मचारीको मनोबल कमजोर पार्न र कतिपय अव्यक्त प्रतिशोध साँध्न समेत अनावश्यक ढंगले यो प्रकरण अघि बढाइएको उनीहरुको तर्क छ।

त्यसो त बैंकका सीईओ शोभनदेव पन्तले अजय श्रेष्ठले पनि आफु तत्कालिन बिओकेको सीईओ हुँदा २०१७ सालमा धनगढी दीप भन्ने एउटा कम्पनीमा २ करोड ७५ लाखको यस्तै नक्कली लालपुर्जा बनाएको केशमा आफ्ना कर्मचारी बिरुद्द नै जाहेरी दिएको बताउदै भन्ने गरेका छन, 'त्यो बेला अजय श्रेष्ठले उजुरी दिंदा कानुनी हुने अहिले हामीले दिंदा लुम्बिनी बैंककाले रिस पोखे भन्नु दुखद हो।'

बैंकका सीईओ पन्तले अजय श्रेष्ठको पक्राउपछि आफु निदाउन नसकेको, अप्ठ्यारोमा परेको भन्ने प्रतिकृया दिंदै आएका छन। यद्दपी केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबि) का एक उच्च अधिकारिले भने आफुहरुले यो बैंकको मुद्दा भएकाले बाहिर नै मिलाउन सुझाब दिएपनि बैंकका सीईओ पन्तले नमानेको बताएका छन। आफुहरुले 'लहरा तान्दा पहरा तानिन सक्छ, यो बैंकको लागि नै राम्रो हुदैन, अहिलेको धितोले ऋण असुल हुन्छ, जाहेरी नदिनु'  भनेर सल्लाह सुझाब दिंदा पनि अहिलेको बैंकका अध्यक्ष प्रकाश श्रेष्ठ र सीईओ पन्तले नमानेको ति अधिकारिले बताएका छन।  

बैंकका सीईओ पन्तले अहिलेको केश डिफल्टरको भएको भए डीआरटी जान मिल्ने तर यो फर्जरीको केश भएकाले नगएको बताएका छन। आफुहरुले १० महिनासम्म यो केसलाई सल्ट्याउनका लागि ताकेता गर्दा पनि नमिलेपछि प्रहरीलाई गुहारेको पन्तको भनाई छ। 

पन्त तत्कालिन लुम्बिनी बैंकका सीईओ हुन्। तत्कालिन बैंक अफ काठमान्डू र लुम्बिनी बैंक मर्ज हुँदा पन्तले आकर्षक प्याकेज लिएर अवकास लिएका थिए। बिओकेमा सीईओ बनेका अजय श्रेष्ठको दुई कार्यकाल पुरा भएपछि पन्त पुन: बैंक अफ काठमान्डू फर्किएका हुन। हालको बैंक अफ काठमान्डू भित्र तत्कालिन लुम्बिनी बैकको दबदबा बढेकाले असन्तुष्ट तत्कालिन बैंक अफ काठमान्डूका कर्मचारीहरुलाई दबाउन अहिलेको घटना घटाईएको समेत आशंका गरिएको छ।    

भएको के थियो ?

सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट जग्गाको नक्कली धनीपूर्जा राखेर ऋणीले ५ करोड रुपैयाँ ऋण लिएका थिए। पछि ऋणको सावाँ र ब्याज नतिरेपछि अनुसन्धानको क्रममा मिलोमतोको तथ्य खुलेको हो। तथ्य फेला परेपछि बैंकले ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएको थियो। तर अनुसन्धान गर्दै जाँदा यो प्रकरण पुर्व सीईओ श्रेष्ठसम्म पुगेको हो।

अजय श्रेष्ठ बैंक अफ काठमाण्डूबाट ०७४ असार मसान्तदेखी बाहिरिएका हुन्। बिओंकेमा करिब दुई कार्यकाल काम गरेका श्रेष्ठले त्यसअघि २ बर्ष एनएमबि बैंकमा काम गरेका थिए। करिब ३२ बर्ष बैंकिंङ अनभव भएका श्रेष्ठले १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेका थिए। उनलाई बैंकिंङ क्षेत्रमा इमान्दार बैंकरको रुपमा चिनिन्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved