सिटिजन्सको इ–बैंकिङ्गमा थपिए ५ सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 08:33:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  ले आफ्नो इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले हाल संचालनमा रहेको 'एक्सप्रेस बैंकिंग' नामक सेवामा विभिन्न सेवाहरु थप गरेको हो ।

जस अनुसार बैंकले अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरेको छ  ।  बैंकले यस अघि नै अनलाइन मार्फत स्टेटमेण्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने सुविधा दिडिया आएको थियो  । 

पुरानो इ–बैंकिङ्ग सेवा प्रयोग गरिरहेका ग्राहकले कुनै पनि शाखा कार्यलयहरुमा सम्पर्क गरी, नयाँ ई–बैंकिङ्ग सेवाको लगइन एंव पासवर्ड लिन सक्ने बैंकले जनाएको छ । बैंकले ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved