बैंकर अजय श्रेष्ठ प्रकरणले व्यवसायी पनि चिन्तित, समाधान खोज्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 06:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डू Bank of Kathmandu Limited  का तत्कालिन सीईओको पक्राउप्रति निजि क्षेत्रका व्यवसायीहरु ससंकित भएका छन। कर्जा अपचलन मुद्दामा बैंकर श्रेष्ठको पक्राउले बैंकका सीईओ चिन्तित भएकाले कर्जा प्रवाहमा असर पर्ने भन्दै व्यवसायीहरु ससंकित भएका हुन।

प्रत्यक्ष रुपमा बैंकका शाखा प्रमुख संलग्न भएको कर्जा अपचलन मुद्दामा बैंकका सीईओनै पक्राउ पर्ने अवस्था आएकाले यसले आगामी दिनमा ऋण प्रवाहमा असर पर्ने र समग्र अर्थतन्त्रमा नै नकारात्मक पर्ने नेपाल उद्योग परिसंघको बुझाई छ। 

कर्जा प्रवाहमा नकारात्मक प्रभाव पर्ने सक्ने कुरालाई मनन गर्दै समस्या निरुपणमा आवश्यक पहल गर्नलाई परिसंघले सरकार समक्ष आग्रह समेत गरेको छ। बैंक र व्यवसाय एक अर्काका परिपुरक भएकाले बैंक र बैंकरमा समस्या पर्दा त्यसले व्यवसाय र अर्थतन्त्रमा प्रभाब पर्ने परिसंघद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ।    

'बैँकिङ्ग क्षेत्रमा जे–जस्ता घटना क्रम विकसित भएका छन् त्यसप्रति परिसंघ लगायत सम्बन्धित क्षेत्रको गम्भिर ध्यानाकर्षण भएको छ,आर्थिक, उद्योग, बैकिङ्ग व्यवसाय एक अर्काका परिपूरक भएको यथार्थतामा एउटा क्षेत्रमा पर्न जाने अप्ठेराले एक अर्को क्षेत्र समेत प्रभावित हुने हुँदा सरकारबाट उद्योग, आर्थिक एवं बैकिङ्ग व्यवसायको मनोवल बढाउने गरी यी क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी तथा यस क्षेत्रमा कार्यरत व्यवसायीक व्यक्तित्वहरुको मनोवल बढाउने वातावरणको सुनिश्चितता कायम गर्न परिसंघ सरकारमा आग्रह गर्दछ' परिसंघको बिज्ञप्तीमा उल्लेख छ।

झापाको नक्कली जग्गा देखाएर बैंकलाई हानि नोक्सानी पुर्याएको भन्दै बैंक अफ काठमान्डूको काठमान्डू स्थित कमलपोखरीका शाखा अधिकृत प्रतिक श्रेष्ठले केन्द्रिय अनुसन्धान ब्युरो महाराजगंजमा जाहेरी दिएका थिए। सोहि जाहेरीका आधारमा सीआईबिले बैंकलाई हानि नोक्सानी पुर्याएको आरोपमा बैंकका तत्कालिन तथा बहालवाला कर्मचारी, मुल्यांकनकर्ता, ऋणी लगायतलाई पक्राउ गरेको छ। 

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलासले श्रेष्ठसहित बैंकका कर्मचारी किरण कुमार बोहरा र ऋणी सुरेन्द्र श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको हो। यस घटनामा बैंकर अजय श्रेष्ठको प्रत्यक्ष संलग्नता नभएपनि उनलाई पक्राउ गर्नु र अनुसन्धानको लागि थुनामा राख्ने निर्णयले बैंकिंङ वृत्तनै चिन्तिंत भएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved