एनआईसी एसियाले दशैं विदामा पनि नगद काउन्टर खोल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 06:15:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले दशैंको बिदाका दिनहरुमा पनि बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। बैंकले दशैं विदाका दिनमा पनि बैंकका विभिन्न शाखाहरु मार्फत सेवा प्रदान गर्ने जनाएको छ। \

फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् । 

त्यस्तै अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहनेछन् । 

नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगांैडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन्। 

एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन्। 

खुल्ला रहने शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ। 

यस अवधिमा नगद जम्मा र चेक सटहीको सेवा प्रदान गर्नुका साथैदशैं बिदा लगत्तैप्रक्रिया शुरु गर्नुपर्ने विभिन्न बैंकिङ सुविधाका लागि आवेदन दर्तागर्न सकिने बैंकका नायब प्रमुख सुचना अधिकृत अर्जुन राज खनियाले जानकारी दिएका छन। 

बैंकले हाल देशभरका ३०१ शाखा कार्यालयहरु, ३६७ एटिएम, ८२ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।   

No photo description available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved