केक काटेर माछापुच्छ्रे बैंकले मनायो वार्षिकोत्सव, ग्राहकलाई १९ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 05:52:04 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले केक काटेर १९औँ वार्षिकोत्सव मनाएको छ । केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केक काटेका हुन् ।  बैंकको सम्पूर्ण शाखा कार्यालयमा सम्बन्धित शाखा प्रमुखहरुले केक काटेको बैंकले जनाएको छ।

  सन् २००० मा पोखरामा संस्थापित बैंकले असोज महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाईरहेको छ । हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउने बैंकले यसवर्ष वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न १९ प्रकारका विशेष सुविधाहरु प्रदान गरेको छ । 

 बैंकले ग्राहकलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गरीरहेको छ भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क खोलीरहेको छ । योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर÷युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका सेवा प्रदान गरेको छ।  

स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले  १४० शाखाहरु, १३० शाखा रहित बैकिङ्ग, १६२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved