एनआईसी एसियाका ग्राहकलाई १० प्रतिशत बोनस दक्षिणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2019 | 08:49:11 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंक NIC Asia Bank Limited  ले बडा दशैंलाई लक्षित गरेर दक्षिणा प्लसको योजना अघि सारेको छ । यो योजना अन्तर्गत दशैंमा टीका लगाएर बैंकको प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान गरिने बैंकले जनाएको छ। 

दक्षिणा प्लस नाम दिइएको एस योजना अन्तर्गत मो बैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जना सम्मलाई दक्षिणा रकमको १०% वा अधिकतम रु १०० बैंकको तर्फबाट थप हुनेछ। दक्षिणा प्लस योजना यस बैंकमा आबद्ध ग्राहकलाई मात्र लागू हुनेछ भने यो विशेष उपहार विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उपलब्ध हुनेछ। 

यो योजना बैंकको मोबाइल बैंक प्रयोग गरी फण्ड ट्रान्सफर मार्फत दक्षिणा प्रदान गर्दा मात्र लागू हुनेछ भने दक्षिणा दिने व्यक्तिले रिमार्क्समा दक्षिणा प्लस लेख्नुपर्नेछ। नोटलाई सफा राखौं भन्ने मूल सन्देशका साथ डिजिटल दक्षिणातर्फ ग्राहकलाई उत्प्रेरित गर्न दक्षिणा प्लसको योजना अघि सारेको बैंकले जनाएको छ।

त्यस्तै बैंकले बडा दशैंको अवसरमा दक्षिणा प्लस बाहेक अन्य छुट अफरहरु पनि ल्याएको छ । भाटभटेनी, सेल्सबेरी, सेल्सवे जस्ता डिपार्टमेन्ट स्टोरहरुसँग सहकार्य गरी यस बैंकको कार्ड मोबैंक मार्फत् भुक्तानी गर्ने ग्राहक माहानुभावहरुलाई १५% सम्मको छुट प्रदान गर्ने व्यवस्था पनि गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved