माछापुच्छ्रे बैंकको साधारणसभा: १६ प्रतिशत लाभांश बाँडिने, मर्जरको बाटो खुल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 02:09:03 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited को लाभांश प्रस्ताव पारित भएको छ । बैंकको २१औँं वार्षिक साधारणले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्तापूँजीको १६ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव पारित गरेको हो । 

जसमध्ये, चुक्तापूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको हो । 

साधारणसभालेमाछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्था गाभ्न÷गाभिने सम्बन्धि कामको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । 

बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बंैकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपंैया संचित छ ।

बैंकले हाल १४० वटा शाखा, १६२ वटा एटिएम र १३० शाखारहित बैकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved