एनआईसीबाट वल्र्डलिङ्कको बिल तिर्दा ३ सयसम्म क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 05:49:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  र वल्र्डलिङ्क कम्युनिकेसन्स् लि.बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम एनआईसी एशियाका ग्राहकहरुले आज (आसोज ३० देखि २०७६ कात्र्तिक १६) (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ । 

वल्र्डलिङ्कका ग्राहकले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्ने छन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र वल्र्डलिङ्कको तर्फबाट प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरे ।

बैंकले हाल ३०१ शाखा, ३७८ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved