मर्जरबारे 'निर्णायक' छलफल गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 04:01:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मर्जरको विषयमा पुन: बैंकका अध्यक्ष र संचालकहरुसँग छलफल गर्ने भएको छ । मर्जरको लागि बैंकहरुले खासै चासो नदिएकोले राष्ट्र बैंकले पुन छलफलको तयारी गरेको हो। स्रोतका अनुसार मर्जर प्रगति लगायका विषयमा जानकारी लिन बैंकका अध्यक्षहरुसँग तिहार लगतै छलफल गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । 

गभर्नर डा. चिरिन्जीवी नेपालको उपस्थितिमा राष्ट्र बैंकले मौद्रिक नीति पुर्व नै गत असार १२ गते बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा सीईओ हरुलाई डाकेर मर्जरको लिखित प्रतिबद्दता पठाउन मौखिक निर्देशन दिएका थिए। 

तर निर्देशन दिएको करिब दुई महिनासम्म पनि २ वटा बाहेक अन्य बैंकहरुले मर्जर प्रतिबद्दता जनाए पनि सम्झौता भने गरेका छैनन् ।  त्यसपछि गत भदौ १२ गते राष्ट्र बैंकले मर्जर प्रतिवद्दता जनाएका र नजनाएका बैंकहरुलाई मर्जर प्रतिबद्दता सम्बन्धमा अपडेट मागेको थियो। राष्ट्र बैंकले पछिल्लो पटक बैंकहरुलाई पत्र काट्दा मर्जर प्रतिवद्धता बुझाएका र नबुझाएका बैंकहरुलाई फरक फरक ब्यहोरा सहीतको पत्र काटेको थियो।

नेपाल राष्ट्र बैंकले मर्जरको अपडेटको लागि गरेको पत्राचारमा २५ बाणिज्य बैंकले जवाफ पठाएका छन। राष्ट्र बैंकले गत भदौ १२ गते १० दिनको ’अल्टिमेटम’ सहित मर्जरको प्रगति विवरण माग गरेको थियो। १० दिनको समय तोकेर पत्र काटेको दुई महिना वित्न लागदा पनि ३ वटा बैंकले अझै सम्म प्रगति विवरण नबुझाएको राष्ट्र बैंकले जनाएको छ । 

मर्जरको प्रगति विवरण माग गर्दा बैंकहरुले छलफल भइरहेको मर्जर कमिटि गठन गरेको लगायतका जवाफ दिएको तर मर्जमा खासै चासो नदिएपछि पुन अध्यक्ष तथा संचालकलाई नै बोलाएर मर्जरमा जान निर्देशन दिने योजनामा राष्ट्र बैंक पुगेको एक उच्च अधिकारीले बिजपाटीलाई बताए । यस छलफल  मर्जरबारे निर्णायक हुने स्रोत बताउछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved