नेपाल रेमिटमा आएको रकम मुक्तिनाथबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 02:00:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिट बीच भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।  सम्झौतामा बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र रेमिटका तर्फबाट प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।  

  मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । यस अभियान अन्तर्गत भाग्यशाली विजेताहरुमध्ये १ जनालाई स्कुटी, ३ जनालाई ल्यापटप, ५ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई ३२’’ टि.भी., १५ जनालाई स्मार्ट मोबाइल सेट, २० जनालाई प्रेसर कुकर र २५ जनालाई ब्लुटुथ स्पिकर प्रदान गर्ने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved