एनआईसीबाट प्लेन टिकट काट्दा ५ सय ब्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 06:29:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकले आन्तरिक र अन्तराष्ट्रिय उडानको हवाई टिकटमा क्यास ब्याक पाउने भएका छन् । बैंक र संस्कृति इन्फोएज प्रा. लि. बीच भएको सम्झौता अनुसार एनआईसीका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक पाउने भएका हुन् ।

सम्झौताबमोजिम ग्राहकले एनआईसीको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी mytrip2nepal.com बाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५ सय क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा ३ सय क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि NICANEPAL, भारतका लागि NICA र अन्य अन्तर्राष्ट्रिय उडानका लागि NICASIA प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र संस्कृति इन्फोएज (माई ट्रिप टु नेपाल) को तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरे । 

हिजो अर्थात् कात्र्तिक २ देखि कात्र्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने यात्रुले लाभ लिन सक्नेछन् । 

बैंकले हाल ३०१ शाखा, ३८० एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved