एटिएम ह्याकको रिपोर्ट सरकारी वकिललाई बुझाईदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 01:23:49 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय प्रहरी अपराध महाशाखाले गत भदौमा भएको एटीएम ह्याक प्रकरणको अनुसन्धान रिपोर्ट सरकारी वकीलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । गत भदौ १४ गते नेपाल इलेक्ट्रक पेमेन्ट सिस्टम (नेप्स)को सिस्टमा ह्याक गरी नेपाल र भारतको विभन्न एटएएम बुथ प्रयोग गरी साढे ३ करोड भन्दा बढी रकम चोरी भएको थियो ।

एटीएम ह्याक प्रकरणमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको र अवको केहि दिनमा नै अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यलाई बुझाउने  महाशाखाका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

उक्त प्रकरणमा सेवा प्रदायक कम्पनी नेप्सले पनि सिंगापुरबाट विशेषज्ञ टोलालाई ल्याएर फरेन्सीक जाँच गराएको थियो । फरेन्सीक जाँचको रिपोर्ट आउन कम्तीमा ३ महीना लान्ने नेप्सले जनाएको छ । नेप्सले बैंकल्पीक सिस्टम बनाएर ह्याक प्रकरणपछि अवरुद्ध रहेको एटीएम सेवा सुचारु गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved