ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 02:59:26 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुभारम्भ भएको छ। साउदीको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो । 

अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालभर रहेका १५,००० भन्दा बढी एजेन्टहरुमार्फत रकम प्राप्त गर्न सक्नेछन्।

यी दुई बैंकबीच गत जेठ १३ गते यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा बैंक अलबिलादका महाप्रबन्धक ओमार अल हुसेनले हस्ताक्षर गरेका थिए।

ग्लोबल आइएमई बैंकले साउदी अरब, युएई, कतार, बहराइन, मलेसिया, भारत, संयुक्त अधिराज्य, अष्टे«लिया, दक्षिण कोरिया, जापान र जोर्डनका विभिन्न कम्पाीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved