लगातार ५ दिन बन्द हुदै बैंक

आवश्यक नगद जोहो गर्न आग्रह
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 05:19:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी साता लगातात ५ दिनसम्म बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । बैंक तथा वित्तीय संस्था लामो समयसम्म बिदा हुने भएकोले ग्राहकले सो अगावै आवश्यक रकमको जोहो गर्नु पर्ने भएको छ । बैंकहरुले पनि सर्वसाधारणको सहजताको लागि आफ्नो एटीएम बुथमा बढी भन्दा बढी नगद राख्नुपर्ने भएको छ ।

यस अघि दशैँ विदामा राष्ट्र बैंकले विदामा पनि आफ्ना काउन्टरहरु खुला राख्न निर्देशन दिए पनि यस पटक कुनै निर्देशन नदिने जनाएको छ । राजश्व बुझाउने समय पनि नभएकले यस समयमा राष्ट्र बैंकले कुनै पनि निर्देशन नदिने प्रवक्ता लक्ष्मी प्रपन्न निरौला बताउँछन् । उनले भने‘अहीले राजश्व बुझाउने समय होइन त्यसैले तिहारको बिदामा हामीले बैंकहरुलाई सेवा प्रदान गर्ने निर्देशन दिदैनौं ।’

यद्यपि बैंक आफैले ग्राहकको सहजताको लागि काउन्टर खुला राख्न सक्ने छन् । बैंकहरुले सार्वजीनक बिदाहरुमा नियमित रुपमा केही शाखा कार्यलयबाट बैंकिङ सेवा दिदै आएका छन् । यता विगतमा पनि सार्वजनीक बिदाको समयमा नै बैकिङ क्षेत्रमा हुने गरेको चोरी तथा ह्याकीङलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाउनुपर्ने आवाश्यकता देखिएको छ ।

सरकरले तिहारको लागि कार्तिक १०, ११ र १२ गते तिहारको लागि पंचाङग निर्णयक समितिको सिफरिसमा विदा दिने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को पछिल्लो बैठकले १३ गते पनि किजा पुजाको लागि भन्दै सार्वजनीक बिदा दिने निर्णय गरेसँगै ५ दिन बैंकहरु बन्द हुने भएका हुन् । कार्तिक ९ गते शनिबारको विदा रहेको छ । यसै कारण कार्तिक ९ गतेदेखि लगातार ५ दिनसम्म बैंक बन्द हुने भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved