भुकम्पपीडितलाई राष्ट्रिय बाणिज्य बैकले सहुलियत कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 02:27:57 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बाणिज्य बैक र सक्षम बीच कर्जा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवलीको उपस्थतिमा बैकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ युके एड सक्षमका प्रमुख निर्मल दाहालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैकले सक्षमको सहयोगमा धादिङ र गोरखाका भुकम्पपीडितलाई सहुलियत कर्जा उपलब्ध गराउनेछ । धादिङ र गोरखाका ६ वटा पालिकाका भुकम्प पिडितले यो सेवा पाउने छन् । बैंकको धादिङ र गोरखामा रहेका तीन वटा शाखा कार्यलयमा सक्षम नेपालले सहयोग गर्ने र ति शाखाले भुकम्प पीडितलाई कर्जा उपलब्ध ग्रौनाए सम्झौता भएको हो । जस अनुसार बैंकले धादिङको निलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका र ज्वालामुखी गाउँपालिका तथा गोरखाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाका भुकम्प प्रभावितलाई कर्जा सुबिधा दिने छ ।

कार्यक्रममा बोल्दै पुनर्निमाण प्राधिकरणका सिइओ सुशिल ज्ञवालीले बैकहरूको कारणले सरकाले दिने सुविधा जनताको हातमा पुगेको बताए । उनले बैंकलाई हाउजिङ लोन मात्रै नभएर अन्य ६ प्रकारका सहुलियत कर्जा पनि दिन आग्रह गरे। सरकारले ३ लाख अनुदान सँगै शहरमा २५ लाख र ग्रामिण क्षेत्रमा १५ लाख सम्म ब्याज अनुदानको कर्जा दिने कार्यविधि बनाए पनि थप कर्जा प्रभावकारी हुन नसकको उनले बताए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने  गरी राष्ट्रिय वाणिज्य बैंकले भुकम्प पिडित जनताहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बताए । सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर निर्मल दाहालले  यो सम्झौताले भुकम्प पछिको पुनरनिर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved