बाठा एनआरएनलाई फसाद: नबिल बैंकमै अड्कियो ९० लाख ! (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 02:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका एक जना गैर आवासीय नेपालीको ९० लाख रुपैयाँ नबिल बैंकमा अड्किएको छ। रेमिट्यान्स मार्फत नेपाल पठाएको पैसाको स्रोत खुल्न नसकेपछि उक्त रकम बैंकमा नै अड्किएको हो। 

नेपालमा हालै सम्पन्न गैरआवासीय नेपालीको नवौ बिश्व सम्मेलन तथा निर्वाचन कार्यक्रमको लागि नेपाल आएका ति अमेरिकाका एनआरएन ले पैसा पठाउने क्रममा गरेको गल्तिका कारण स्रोत नखुलेको हो। 

अमेरिकाबाट पैसा पठाउने र नेपालमा पैसा पाउने व्यक्ति एकै भएको तर एकै व्यक्तिको अलग अलग परिचयपत्र भएकाले पैसाको स्रोत खुल्न नसकेको अनुसन्धानमा पत्ता लागेको छ। ति व्यक्तिले अमेरिकाबाट पैसा पठाउने क्रममा माइकल (नाम परिवर्तन) नामको परिचयपत्र प्रयोग गरेको र नेपालमा पैसा पाउने व्यक्ति आफै भएपनि नाम राजन (नाम परिवर्तन) राखेकाले पैसा झिक्न समस्या भएको हो।

नबिल बैंकबाट पैसा झिक्न नमिलेपछि कानुनी उपचार खोज्ने क्रममा ति व्यक्ति राष्ट्र बैंक पुग्दा यस्तो खुलासा भएको हो। 'धेरै बाठो हुँदाको परिणाम हो' स्रोत भन्छ, 'नेपाल आएर आफै झिक्ने भएपछि किन दुई दुईवटा परिचयपत्रको प्रयोग गरेको होला, उता माइकल नाम भएपनि नेपालमा आफ्नो आफन्तलाई पठाएको भए हुन्थ्यो'। 

यो प्रकरण राष्ट्र बैंकमा पुगेपनि राष्ट्र बैंकले समेत सम्पतिको स्रोत नखुलेसम्म केहि गर्न नमिल्ने स्रोत बताउछ। हाल यो प्रकरण सम्पति सुद्धिकरण  बिभाग र अख्तियार दुरुपयोग अनुसन्धान बिभागमा विचाराधीन अवस्थामा छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved