एनआईसीका ग्राहकलाई दातको उपचारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 10:31:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकलाई टिथ सेभर्स प्रा.लि. त्रिपुरेश्वरमा छुट हुने भएको छ । बैंक र टिथ सेभर्सबीच भएको सम्झौता बमोजिम बैंकका ग्राहकलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्रदान हुने भएको हो ।

बैंकका डेबिट एवं क्रेडिट कार्ड भएका ग्राहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा उपचार गराउँदा छुट पाउने छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरे ।

एनआईसी एशिया बैंकले हाल ३१० शाखा, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved