सनराइज बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 09:08:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  को लाभंश पारित भएको छ । शुक्रबार भएको साधारणसभाले बैंकको संचालक समितिले यस अघि प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।

 साधारण सभाले बैंकको हालको चुक्ता पूँजीकोे ५.८० प्रतिशतका दरले हुने  सतचालीस करोड अठ्ठाईस लाख अठ्चालीस हजार दुई सय उनान्चालीस रुपैयाँ छत्तीस पैसा बराबरको नगद लाभांश  र १० प्रतिशतका दरले हुने एकासी करोड बाउन्न लाख पचपन्न हजार पाँच सय पचासी रुपैयाँ र दश पैसा मात्र बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाबाट पारित बोनस शेयर समेत गर्दा बैंकको चुक्ता पुंजी ८ अर्ब ९६ करोड कायम भएको छ ।  बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४३ वटा ए.टि.एम मार्फत  सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved