डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन हुँदै, पद धरापमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 09:34:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथि अनियमितताको आरोपमा छानविन हुने भएको छ । मन्त्रिपरिषद बैठकले नै श्रेष्ठ माथि छानविन गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार तिहार अगाडी बसेको मन्त्रिपरिषद्को बैठकले उनीमाथि छानबिन गरी सिफारिस गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय भएको थियो ।

सोहि अनुसार श्रेष्ठमाथि छानविन प्रक्रिया अगाडी बढ्न लागेको हो । आज आइतबार साँझ राष्ट्र बैंकको संचालक समितिको बैठक डाकिएको छ । बैठकको एजेण्डामा छानविनको विषय नरहेपनि यस बारे छलफल भएर  छानबिन समिति गठन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । 

छानविनबाट दोषी प्रमाणित भए उनी बर्खास्तीमा समेत पर्न सक्छन  । राष्ट्र बैंक ऐन–२०५८ मा सञ्चालक समितिले छानबिन गरी सिफारिस गर्ने, स्पष्टीकरणको मौका दिने र त्यसपछि पदमुक्त गर्न सक्ने प्रावधान छ । 

के छ आरोप ?

श्रेष्ठ माथि  बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लागायतका आरोप लागेको छ । 

डेपुटी गभर्नर श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा विभिन्न उजुरी समेत परेका छन् ।

२०७२ फागुनमा डेपुटी गभर्नर भएका श्रेष्ठले सुपरिवेक्षण विभाग हेरिरहेका छन् । उनको जिम्मेवारीमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी क्रियाकलाप, बैंक तथा वित्तीय संस्थामाथिको सुपरिवेक्षण, संस्थागत योजना, सुचना प्रविधि र वित्त व्यवस्थापन विभाग लगायत छन् ।

श्रेष्ठ आफै पनि राष्ट्र बैंक संचालक समितिका सदस्य हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved