गभर्नर हुनबाट रोक्न सुनियोजित षड्यन्त्र भयो: डेपुटी गभर्नर श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 11:21:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आफुमाथि वित्तीय स्थायित्वमाथि आँच पुर्याएको आरोप लागेपछि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले 'षडयन्त्र' भएको प्रतिकृया दिएका छन। आफुलाई गभर्नर हुन नदिने षड्यन्त्र अन्तर्गत हुँदै नभएको आरोप लगाएर यो बेला समाचार बाहिर आएको श्रेष्ठले बिजपाटीसंगको कुराकानीमा बताएका छन। 

'मलाई जुन आरोप लगाएर समाचार बाहिर आएको छ, त्यो आरोप नै निराधार छ' श्रेष्ठले भने, 'सुमार्गी, एनसेल र सम्पत्ति शुद्दिकरणलाई जोडेर आरोप लगाइएको छ, त्यो मेरो बिभाग अन्तर्गत पर्दैन, अहिलेको बेला आयो समाचार बाहिर आउनु सुनियोजित षडयन्त्र हो'। 

तिहारअघिको मन्त्रिपरिषदको बैठकले आफूमाथि छानबिन गर्न निर्देशन दिएको समाचार बाहिर आएपछि श्रेष्ठले यस्तो प्रतिकृया दिएका हुन्। अर्थमन्त्री डा. युवराज खतिवडाको प्रस्तावमा श्रेष्ठमाथि गम्भीर छानविन गर्नु पर्ने निर्णय तिहारअघिको मन्त्रीपरिषद् बैठकले गरेको थियो।  

समिति नै बनाएर छानबिन गर्ने सरकारको निर्देशनपछि आफुले छानबिनमा पूर्ण सहयोग गर्ने बताउदै श्रेष्ठले भने, डेपुटी गभर्नर भएका नाताले म आगामी गभर्नरको दावेदार हुँ। मलाई गभर्नर बन्न नदिने षड्यन्त्र भएको छ, राष्ट्र बैंक भित्रैका पुर्व कर्मचारी तथा बाहिर समेत गभर्नरका आंकाक्षी छन, भित्र बाहिर सबैतिरबाट मलाई गभर्नरको दौडबाट पन्छाउने सुनियोजित षड्यन्त्र भयो।

सरकारको निर्देशनमाथि आज नेपाल राष्ट्र बैंकमा छलफल हुँदैछ। यद्दपी छानबिन गर्न निर्देशन दिएको समाचार आज बाहिर आएपनि गत साता बिहिबार नै आइतबार संचालक समितिको बैठक बस्ने निर्णय भएको थियो। बिग मर्जर र अर्को एउटा सामान्य विषय एजेन्डा राखेर डाकिएको आजको बैठकमा श्रेष्ठमाथी लागेको आरोप बारे छलफल हुने अपेक्षा गरिएको छ।

संचालक समितिले छानविन अगाडि बढाउन टोली गठन गरेपछि छानबिन प्रकृया अगाडी बढ्नेछ। समिति गठन पश्चात श्रेष्ठ निलम्बनमा पर्नेछन। यदि उनिमाथि लागेको आरोप पुष्टि भएमा सरकारले उनलाई बर्खास्त गर्ने छ।

राष्ट्र बैंकको गभर्नरको दौडमा आंकाक्षीहरुबीच एक अर्कालाई सिध्याउने खेल सुरु भईसकेको र त्यसको बाछिटा देखिन थालेको जानकारहरु बताउँछन। डेपुटी गभर्नर श्रेष्ठमाथी आरोप लाग्दै गर्दा त्यसको असर अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीमाथि पनि पर्ने विश्लेषण गरिएको छ। 

राष्ट्र बैंकको आगामी गभर्नरका लागि एक जना डेपुटी गभर्नरलाई अनिवार्य सिफारिस गर्नुपर्ने भएपनि यस पटक दुबै जना डेपुटी गभर्नरको नाम सिफारिस गरिएको छ। गभर्नरको दौडबाट दुवै डेपुटीलाई हटाउन सके गभर्नरको दौड सजिलो हुने मनोविज्ञानले श्रेष्ठमाथी षडयन्त्र सुरु भएको विश्लेषण गरिएको छ। गभर्नर डा चिरिन्जीबी नेपालको पद आगामी चैतमा रिक्त हुँदैछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved