बोर्ड बैठकमा पेश नै भएन डेपुटी गभर्नर श्रेष्ठमाथि छानविन गर्ने पत्र

सोमबार फेरी बैठक बस्ने
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 07:56:14 PM मा प्रकाशित

laxmi  sunrise bank

डेपुटी गभर्नर शिवराज श्रेष्ठको विषयको पत्र नै पेश नगरी राष्ट्र बैंकको संचालक समितिको बैंठक सकिएको छ । श्रेष्ठ माथि छानविन गर्ने बारे मन्त्रिपरिषदबाट आएको पत्र बैठकमा पेश नै नभएको बैठकमा सहभागी एक संचालकले बताए।

यसअधि डेपुटी गभर्नर श्रेष्ठले नियमित एजेण्डा माथिको छलफल सकिएपछि बैठकबाट बाहिरिएका थिए । गभर्नरले आफ्नोबारेमा अनौपचारीक छलफल गर्ने बताएपछि आफु निस्किएको श्रेष्ठले बताएका थिए ।

श्रेष्ठ निष्कीएपछी संचालक समेत रहेको अर्थसचिव राजन खनालले मन्त्रीपरिषदको निर्णय सहीतको पत्र बैंठकमा पेश गर्ने अपेक्षा भएपनि त्यसो हुन नसकेको र बैंठक सकीएको स्रोतले जनाएको छ । आजको बैठकमा श्रेठ माथि छानविन गर्नको लागि समिति बन्ने स्रोतले जनाएको थियो । अर्को बोर्ड बैंठक सोमबार नै बस्ने छ । 

श्रेष्ठ माथि बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लागायतका आरोप लागेको छ । यिनै आरोप माथि श्रेष्ठ माथि छानविन हुने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved