एटिएम ह्याक प्रकरण: ४ नेपाली सहित १२ बिरुद्द थुनछेक बहस सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 01:59:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एटिएम ह्याक प्रकरणमा संलग्न आरोपीहरुको आज देखि उच्च अदालत पाटनमा थुनछेक बहस सुरु भएको छ  । उच्चअदालतका न्यायधीशद्वय रामप्रसाद आोली र  किरण पौडेलको संयुक्त  इजलाशमा थुनछेक बहस सुरु भएको हो   ।

गत भदौ १४ गते नेपाल इलेक्ट्रक पेमेन्ट सिस्टम (नेप्स)को सिस्टमा ह्याक गरी नेपाल र भारतको विभन्न एटएएम बुथ प्रयोग गरी साढे ३ करोड भन्दा बढी रकम चोरी भएको थियो । नेपाल प्रहरीले घटनाको अनुसन्धान गरी उच्च अदालतमा मुद्दा दायर गरेको थियो। प्रहरीले ८ चिनियाँ नागरिक र ४ नेपाली नागरिक गरी कुल १२ जना बिरुद्द मुद्दा दायर गरेको हो ।

प्रतिवादीहरुमा झु लियाङ्गगाङ्ग , चेन बिनबिन , लिन जियानमेङ्ग , लु जियालेई , कियु युनकिङ्ग , जु लुक्ली , जु मिन , हुवाङ्ग हे , रेवती दुवाडी , रोशन प्रधान श्रेष्ठ , देवनाथ लामिछाने र राजन श्रेष्ठ रहेका छन्  । लामिछाने ठमेलमा रहेको डेक्सो मनि चेञ्जरका सञ्चालक हुन् भने श्रेष्ठ नेपालय मनि चेञ्जरका सञ्चालक हुन् ।  दवाडी  नेपाललयका प्रबन्धक हुन् । चिनियाँ नागरिकले झिकेकको रकम साट्न यी नेपाली हरुले सहयोग गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

यस प्रकरणमा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved