६ चिनियाँ ह्याकर जेल चलान, नेपाली धरौटीमा रिहा (आदेश सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 04:16:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एटिएम ह्याक प्रकरणमा संलग्न ६ जना चिनियाँ नागरिक जेल चलान  भएका छन् । उच्च अदालत पाटनले थुनछेक बहसपछि ६ जना चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

 उच्चअदालतका न्यायधीशद्वय रामप्रसाद आोली र  किरण पौडेलको संयुक्त  इजलाशले ६ जना चिनियाँ नागरिकलाई थुनामा पठाउन आदेश दिएको हो । चिनियाँ प्रतिवादीहरु  झु लियाङ्गगाङ्ग , चेन बिनबिन , लिन जियानमेङ्ग , लु जियालेई , कियु युनकिङ्ग , जु लुक्ली जेल चलान भएका हुन्  । प्राप्त बयान , फुटेज र फोरेन्सिक रिपोर्टलाई आधार मान्दा उनीहरुले कसुर नगरेको भन्न नसकिने अदालतको आदेशमा उल्लेख छ  । 

त्यस्तै नेपाली प्रतिवादीहरु देवनाथ लामिछाने , रेवती दुवाडी र रोशन प्रधानलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ   । अदालतले लामिछानेलाई ३० लाख र अन्य २ लाइ समान २६ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो  ।  लामिछाने ठमेलमा रहेको डेक्सो मनि चेञ्जरका सञ्चालक हुन्  भने दवाडी  नेपाललय मणि चेन्जरका प्रबन्धक हुन् । चिनियाँ नागरिकले झिकेको रकम साट्न यी नेपाली हरुले सहयोग गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । नेपाली प्रतिवादी बिरुद्द प्रहरीले विदेश इबिनिमय नियमित गर्ने ऐन २०१९ कारवाही गर्ने भएकोले अदालतले उनीहरुलाई प्रहरी परिसर टेकुमा पठाईदिन आदेश दिएको छ   ।

फरार प्रतिवादीको हकमा म्याद जारि गरि प्रक्राउ गरेर अदालतमा पेश गर्न आदेशमा भनिएको छ  ।

 गत भदौ १४ गते नेपाल इलेक्ट्रक पेमेन्ट सिस्टम (नेप्स)को सिस्टमा ह्याक गरी नेपाल र भारतको विभन्न एटएएम बुथ प्रयोग गरी साढे ३ करोड भन्दा बढी रकम चोरी भएको थियो । नेपाल प्रहरीले घटनाको अनुसन्धान गरी उच्च अदालतमा मुद्दा दायर गरेको थियो। प्रहरीले ८ चिनियाँ नागरिक र ४ नेपाली नागरिक गरी कुल १२ जना बिरुद्द मुद्दा दायर गरेको हो । 

हेर्नुस आदेश 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved