केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको १० लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 05:34:09 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई १० लाख आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रा. डा. प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । 

बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ बर्ष अगाडी स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । क्याम्पसमा हाल छात्र÷छात्रा गरी १०४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । हाल शिक्षा शास्त्र संकायको बि.एड. कक्षा संचालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरि ब्यबस्थापनको पढाई समेत संचालन गर्ने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved