महालक्ष्मी विकास बैंकबाट ऋण लिन अनलाइनबाटै आवेदन बुझाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 01:17:07 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एसबी सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ।

यस सम्बन्धि सम्झौतापत्रमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले सो  हस्ताक्षर गरेका छन। 

लोन म्यानेजमेन्ट सिस्टम मार्फत् बैंकले इन्टर्नल लोन र लोन फाइलको अप्रुभल प्रोसेसलाई अटोमेट र डिजिटाइज गर्न सक्नेछ । यसबाट बैंकलाई ग्राहकको लोन फाइलसम्बन्धी कामको अप्रुभ र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ । बैंकले चाँडै नै अनलाइन लोन इलिजिबिलिटी सर्भिस समेत सुरुवात गर्ने जानकारी दिएको छ । यसबाट ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन् । 

 सन् २०१६ मा स्थापना भएको एसबी सोलुसन्स प्रालिले डिजिटाइजेशन र अटोमेसन बैंकिङ प्रडक्टहरु जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइन लोन इलिजिबिलिटी, अनलाइन अकाउन्ट ओपनिङ, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, भेन्डर्स म्यानेजमेन्ट सिस्टम, मेमो म्यानेजमेन्ट, बजेट म्यानेजमेन्ट, मोबाइल एप्लिकेशन आदि प्रदान गरिरहेको छ । हाल १० भन्दा बढी फाइनान्सियल इन्स्टिच्युट र कर्पोरेट हाउसहरुले यो कम्पनीका प्रडक्ट प्रयोग गरिरहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved