एनएमबिको नयाँ कर्जा योजना, सम्पत्ति छान्नु अगाडी नै ऋणको सीमा स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 05:36:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंक NMB Bank Limited  ले ‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ (एनएमबी प्रि–अप्रुभ्ड होम लोन) सुविधा आरम्भ गरेको छ । यस संगै आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नोे ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् ।

बैंकका अनुसार आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्व–मूल्यांकन नगरिकनै कामय गरिनेछ । यो कर्जा सुविधाले ग्राहकहरूको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आएको अन्योल मेटाउने बैंकले जनाएको छ । साथै यसले ग्राहकको आयको आधारमा घरघडेरी अधिकतम उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्ने र सम्पत्ति खरिद गर्दा सही सूचनायुक्त निर्णय लिन मद्दत गर्ने बैंकले जनाएको छ  ।

हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved