ग्लोबल आइएमई बैंक Global IME Bank Limited का ग्राहक र कर्मचारीलाई ब्लू क्रश हस्पिटलले छुट प्रदान गर्ने भएको छ । छुट प्रदान सम्बन्धि सम्झौतामा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र हस्पिटलका तर्फबाट. व्यवस्थापन समितिका सदस्य–सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड भएकाहरुले अस्पतालमा विशेष सहुलियत पाउने छन् ।
बैंकले १५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५० एटिएम, १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।