मेगा बैंक Mega Bank Nepal Limited को डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा रविना देशराज श्रेष्ठ बढुवा भएकी छिन् । यसअघि नायव महाप्रबन्धकका रुपमा कार्यरत उनी डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी हुन् ।
मेगाको स्थापनादेखि नै उनी सोही बैंकमा कार्यरत छिन् । नबिल बैंक छाडेर मेगामा आएकी उनले २९ वर्ष बैंकिङ करिअरमा बिताईसकेी छिन् । उनले मानार्थ डाक्टरको उपाधि पनि पाएकी छिन् ।