शिवम् सिमेन्टले १ करोड अनुदान पाएको छ । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफिसियन्सी प्रोगाम अन्र्तगत प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको भन्दै एक करोड रुपैंया अनुदान पाएको हो ।
उक्त रकम बराबरको चेक बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शिवम् सिमेन्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई हस्तान्तरण गरे ।
नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम यो कार्यक्रम लागू भएको हो । आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुले उर्जा बचत हुनेगरी यन्त्र जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।