नेपाल बैंकको सफलतामा यसरी जस लिए अर्थमन्त्री खतिवडाले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 12:29:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  को ८३ औं वार्षिकोत्सवमा सम्बोधनका क्रममा अर्थमन्त्री डा युबराज खतिवडाले बैंकको सफलताको पछाडी आफ्नो ठुलो योगदान रहेको बताए। आफु नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा ‘लिक्विडेसन’ हुनबाट बचाएको बैंक यस ठाउँमा आइपुग्नुमा आफ्नो ठुलो सहयोग रहेको अर्थमन्त्री खतिवडाले बताए। 

'म नेपाल राष्ट्र बैैंकको गभर्नर भएको बेलामा ‘लिक्विडेसन’ हुनबाट बचाएको नेपाल बैंकको नाफा लिन मैले नै पाउने भए' अर्थमन्त्री खतिवडाले भने, ‘नेपाल बैंकलाई मर्न दिनुहुन्न भनेर त्यसबेला नै बैंकको पुँजीकोषका लागि चेक काटेर अर्थमन्त्रालय पठाएको थिए ।’

गभर्नर हुँदा १० प्रतिशत समय नेपाल बैंकको सुधारमा लगाएको स्मरण गर्दै अर्थमन्त्री खतिवडाले भने, 'एउटा बैंकलाई आफ्नो काम गरेको समयको १० प्रतिशत दिन पर्ने अबस्था आउनु भनेको पक्कै पनि त्यहा धेरै समस्या थिए भन्ने अहिलेको व्यबस्थापनले सोच्न पर्छ।'

त्यसबेला बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री बनाउनु पर्छभन्दा नेपाल बैंकका सबै कर्मचारीहरु हड्तालमा उत्रिएर आफ्नो योजना असफल बनाएको उनले दुखेसो समेत गरे। तर अहिले भने नेपाल बैंकमा सबै नयाँ अनुहार र नयाँ जोसजागरका साथ आएका युवा टिम छ त्यसैले अहिले त्यस्तो अबस्था नभएको उनले बताए।

बैंक भित्र राजनीति धेरै हुने संकेत गर्दै अर्थमन्त्री खतिवडाले उद्योगमा काम गर्ने कर्मचारीको युनियन र बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी युनियन एकै प्रकारको हुन नसक्ने दाबि गरे। 'बैंक तथा वित्तीय संस्थाका कर्मचारी भनेका भोलि यहि बैंकको प्रमुख कार्यकारी अधिकृत भएर आउने सम्भावन पनि हुन्छ त्यसैले कर्मचारीहरुले अहिलेदेखिनै सोचेर युनियन निर्माण गर्नु पर्यो' उनले भने।

कर्मचारी युनियनका नेताहरुले नेपाल बैंकमा २०६१ सालदेखि सेवा सुविधा नबढको गुनासो गरेका प्रति अर्थमन्त्रीले भने, ‘नेपाल बैंकमा हाल २२१० जना कर्मचारी छन् अहिलेको बैंक ल्याएको निक्षेप हेर्दा एक जनाको भागमा ५देखि ६ करोड पुग्दो रहेछ पहिला ३४ सय कर्मचारी भएको बेलामा प्रति कर्मचारी एक लाख रुपैयाँ पनि पर्दैन थियो अनि तलब सुविधा कसरी बढाउने अहिले पनि तपाईहरुले कम्पनीमा एक जना कर्मचारीले १० करोड बढी व्यापार ल्याउनु होस तपाईहरुको सेवा सुविधा आफै वृद्धि हुन्छ ।’    

आफूले त्यसबेला सरकारसँग जबरजस्ती गरेर लगानी थप्न लगाएको ५१ प्रतिशत सरकारी लगानी भएको बैंकले अब नाफाका रुपमा दिन सक्ने भएको भन्दै अर्थमन्त्री खतिवडाले खुसि व्यक्त गरे।

बैंकले आफ्नो ८३ औं वार्षिकोत्सवका अबसरमा नेपाल बैंक संग्राहलयको समेत स्थापना गरेको छ । बैंकले शनिबारै १८ वटा नयाँ शाखाको उद्घाटन समेत गरेको छ ।  

सो समारोहमा नेपाल राष्ट्र बैकका का.मु. गभर्नर चिन्तामणि शिवाकोटीले बैकले सहुलियतपूर्ण कर्जा विस्तारमा जोड दिनुपर्ने बताए। त्यस्तै बैकका  प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैकलाई देशकै मानक बैक बनाउने दिशामा व्यबस्थापनको प्रयास केन्द्रित हुने वताउदै बैकले १३९६ वटा कर्जामा २ अर्ब २ करोड सहुलियतपूर्ण कर्जा प्रवाहित गरेको जानकारी दिए।

बैंकले आफ्नो ८३ औं वार्षिकोत्सवका अबसरमा नेपाल बैंक संग्राहलयको समेत स्थापना गरेको छ । बैंकले शनिबारै १८ वटा नयाँ शाखा, २ वटा काउन्टर समेत २० स्थानका सेवा विन्दुको यान्त्रिक उद्घाटन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved