नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरन्जीवी नेपालले नेपालीहरु पैसाको उपयाेग गर्न नजानेर गरिब भएकाे बताएका छन् । आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको बैंकिंङ एक्सपोको उद्घाटन गर्दै गभर्नर नेपालले पैसाकाे उपयाेग गर्न जाने काेहि पनि गरिब नहुने बताएका हुन् ।
गभर्नर नेपालले सबै स्थानिय तहमा बैक पुग्न लागिसकेकाे तर नेपालिले त्यसकाे उपयाेग गर्न नजानेर नेपालीहरू अरु कै देश बनाउने जाने गरेकाे बताए । सरकारले उद्यम गर्न चाहानेलाई अवसर नै अवसर सिर्जना गरेकाे तर युवा भने त्यसकाे उपयाेग गर्नुकाे साटाे अरूकाे मुलुक विकास गर्न लागि परेकाे उनकाे भनाइ थियाे ।
उनले कतारकाे दाेहा बैककाे सिइओले एक कार्यक्रममा राखेकाे मन्तब्यलाई जाेड्दै नाकाबन्दीले कतार आत्मानिर्भर भएको र मरूभुमिकाे देश समेत दूध निर्यात गर्ने अवस्थामा पुगेकाे बताए । तर बिउ हुर्याउदा समेत उत्पादन हुने नेपाल जस्तो उर्बर भुमिका युवा अरूकाे देश बनाउन जानू दुर्भाग्यपूर्ण भएकाे उनकाे भनाइ छ । यदि अब पनि युवाले मुलुककाे विकासमा नलाग्ने हाे भने आगामि पुस्ताले हामिलाई सराप्ने उनकाे भनाइ थियाे।
आजबाट शुरू भएकाे एक्सपाे भाेलिसम्म चल्ने छ।