महिला भलिबल टिमलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 09:55:40 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेको छ । पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको महिला भलिबल टिमलाई बैंकले सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान गरेको हो ।

हालै बंगलादेशमा सम्पन्न ‘एसियन सेन्ट्रल जोन सिनियर वुमेन भलिबल’ प्रतियोगीताको उपाधी उचालेकोमा बैंकले संचालक निर्मलहरि अधिकारीको प्रमुख आतिथ्यतामा टिमलाई सम्मान गरेको हो ।

बैंकका संचालक  अधिकारीले बैंकले भलिबललाई विगतदेखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताए । 

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच च्द्यद्य(ल्ख्ब् राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्ष देखि रहदंै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved