मुक्तिनाथ विकास बैंकद्वारा व्यवसायीक साक्षरता कार्यक्रम संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 09:14:37 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास Muktinath Bikas Bank Limited  ले दाङमा व्यवसायीक साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले दाङको तुलसीपुर उपमहानगरपालिका, ०६ मा  स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

व्यवसायीक साक्षरता कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार प्रबद्र्धनका लागि आवश्यक कानुनी कागजात तथा कार्यविधी, दोहोरो लेखा प्रणाली, आय कर, मुल्य अभिबृद्धि कर ऐनमा भएका संसोधनहरु, वित्तीय कारोबार बारे चेतना जगाउने, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, व्यवसायमा जोखिम तथा न्युनिकरण लगायतको विषयमा चेतनाको अभिबृद्धि गराईएको बैंकले जनाएको छ ।

 साक्षरता कार्यक्रममा ४० जना स्थानीय उद्योगी, व्यवसायीहरुको सहभागीता थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved