शिवराज श्रेष्ठ प्रकरणमा अर्को ट्वीस्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 08:36:20 PM मा प्रकाशित

laxmi  sunrise bank

निलम्बनमा रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ प्रकरणमा अर्को ट्वीस्ट आएको छ । श्रेष्ठ माथि छानविन गर्न बनेको समितिका एक सदस्य रामजी रेग्मीले समितिबाट राजीनामा दिएसंगै यस प्रकरणमा नयाँ ट्वीस्ट आएको हो ।

नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकका अर्का संचालक श्रीराम पौडेको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिमा रेग्मी सँगै सुबोधकुमार कर्ण रहेका थिए । तर रेग्मीले बुधबार राजिनामा दिएका हुन् ।

सरकारले श्रेष्ठमाथि वित्तीय क्षेत्रलाई समस्यामा पार्ने काम गरेको, फर्जी कागज पेश गरेर सुविधा लिएको र सम्पति शुद्धिकरणको विषयमा असहयो गरेका जस्ता गम्भीर आरोप लगाएपछि उनीमाथि छानविन जारी छ ।

श्रेष्ठले भने आफुलाई गभर्नर बन्ने दौडबाट आउट गर्ने प्रपञ्को कारण आधारविहीन आरेप लगाएको बताउँदै आएका छन् । राष्ट्र बैंकमा सम्पुर्ण काम सामुहीक निर्णयको आधारमा हुने भएकोले उनले आफु माथि लागेका निराधार भएको दाबी गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved