माछापुच्छ्रे बैंकले सुरु गर्यो अष्ट्रेलियन डलर सटही सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2019 | 12:22:41 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले अष्ट्रेलियन डलर सटही सेवा सुरु गरेको छ। बजारमा अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न अष्ट्रेलियन डलर खरिद गरि ग्राहकलाई सटही सुविधा प्रदान गरिएको बैकले जनाएको छ।

अष्ट्रेलियन डलर सहजरुपमा प्राप्त नभएकाले बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा र कन्फर्म एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाण्डौँ उपत्यका भित्र रहेका तोकिएका शाखाबाट अष्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको जनाएको छ। विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेको छ। 

बैंकले काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरु (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँ बानेश्वर, पाटन,  चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट सहज रूपमा अष्ट्रेलियन डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ । 

बैंकले आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फत बैंकिंङ सुबिधा प्रदान गरीरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved