प्रभु बैंकको लाभांश पारित, सेयर संरचना परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 11:34:31 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेड Prabhu Bank Limited को लाभांश पारित भएको छ। बैंकको १८ औं बार्षिक साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाइ १६ प्रतिशत बोनस सेयर वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो। 

त्यस्तै सभाले संस्थापक समुहतर्फ कायम ५५ प्रतिशत र सर्वसाधारण समूहको ४५ प्रतिशतको शेयर स्वामित्वमा संशोधन/परिवर्तन गरी संस्थापक समुह तर्फ ५१ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन÷परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ।

त्यस्तै सभाले धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत पारित गरेको छ। 

त्यसैगरी बैंकको सभाले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गरेको छ । 

१६ प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्तापुंजी १० अर्ब ३१ करोड ५५ लाख पुग्नेछ। बैंकले देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६ वटा शाखा कार्यालयहरु मार्फत १२ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ। 

त्यस्तै बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरी सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्ने प्रयोजनका लागि आवश्यक कार्य अगाडि बढाईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved